Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
रूसी मिलाइस किनेको आरोपमा टर्कीमाथि अमेरिकाको प्रतिबन्ध - Janabato

रूसी मिलाइस किनेको आरोपमा टर्कीमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकाविरुद्ध बदला लिने टर्कीको चेतावनी

रूसी मिलाइस किनेको आरोपमा टर्कीमाथि अमेरिकाको प्रतिबन्ध

पुष १, एजेन्सी । रूसी एस–४०० मिसाइल प्रतिरक्षा प्रणाली जडान गरेपछि टर्कीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। टर्की अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धी संगठन (नाटो) सदस्यराष्ट्र हो। 

टर्कीले गत वर्ष रूसबाट उल्लेखित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली प्राप्त गरेको थियो। जमिनबाट हावामा प्रहार गर्न मिल्ने सो मिसाइल सिस्टम नाटोको कायम मापदण्ड विपरीत भएको र टर्कीले युरो–एटलान्टिक गठबन्धनलाई खतरा पुर्‍याएको अमेरिकी आरोप छ। 

अमेरिकी विदेश मन्त्रालयले सोमबार घोषणा गरेको प्रतिबन्धअन्तर्गत हतियार खरिदसम्ममा टर्कीले अवरोध व्यहोर्नुपर्छ। रूस र टर्कीले पछिल्लो अमेरिकी प्रतिबन्धको विरोध गरेका छन्। 

यो मिसाइल प्रणाली खरिद गरेको विषयलाई लिएर अमेरिकाले टर्कीलाई एफ–३५ लडाकु जहाज खरिद प्रकृयाबाट अलग्याइसकेको छ। 

अमेरिकी आपत्ति

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले जारी गरेको विज्ञप्तिमा टर्कीले रूसनिर्मित एस–४०० मिसाइल प्रणाली खरिद गर्दा अमेरिकी सैन्य प्रविधि र सेना खतरामा पर्ने उल्लेख छ।

साथै, मिसाइल प्रणाली किन्दा रूसको रक्षा उद्योगले निकै धेरै आम्दानी गर्ने तथा टर्कीको सशस्त्र बल एवम् उसको रक्षा उद्योगमा पनि रूसको पहुँच पुग्ने अमेरिकी दावी छ। 

टर्कीले आफूमाथि प्रतिबन्ध लगाएको अमेरिकासँग बदला लिने चेतावनी दिएको छ।