पुष १, अर्घाखाँची । हेममाया फाउन्डेशन लुम्विनी प्रदेश समितिले जिल्लाको मालारानी गाँउपालिका वडा न ३ मा रहेका अति विपन्न बर्गको लागि न्यानो कपडा वितरण गरिएको छ ।
कार्यक्रम मालारानी गाँउपालिका वडा न ३ का अध्यक्ष शोभाखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष खनालले न्यानो कपडाले अति विपन्न परिबारको लागि जीवीकोपार्जनको लागि सघाउ हुने बताउदै संस्थाले गरेको कामको मुक्तकण्डले प्रशासा गदै आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो कार्यक्रममा वडा सदस्य शोभाखर खनाल लगायतका बक्ताले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम सुन्दर आधारभुत विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेबी गुणानिधि के.सी सिताराम आचार्य गोपाल खनाल हरि प्रसाद खनाल जेष्ठ नागरिक मान कुमारी खनाल लगायतको आतिथ्यता रहेको थियो कार्यक्रममा वडा न ३ मा रहेका अति विपन्न १५जनालाई वितरण गरिएको सस्थाकी प्रदेश सदस्य सावित्रा के.सी खनालले बताइन् ।
कार्यक्रम सुन्दर आधारमुत विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद खनालको अध्यक्षता प्रदेश सदस्य सावित्रा के.सी खनालको सञ्चालन विद्यालयका शिक्षक टकप्रसाद खनालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्