सन्धिखर्क नगरपालिकाका सामुदायिक विद्यालयलाई थर्मलगन वितरण

६० वटै सामुदायिक विद्यालयलाई थर्मल गन बितरण

सन्धिखर्क नगरपालिकाका सामुदायिक विद्यालयलाई थर्मलगन वितरण

अनिल नेपाली\सन्धिखर्क ३ पुस । सन्धिखर्क नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई थर्मल गन वितरण गरेको छ । शरिरको तापक्रम चेकजाच गरी पठनपाठन गर्न सहज होस भनेर नगरपालिका भित्र रहेका सबै ६० वटै सामुदायिक विद्यालयलाई थर्मल गन बितरण गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो ।

आज एक कार्यक्रमका बिच थर्मल गनहरु विद्यालयका शिक्षकहरुलाई बितरण गरिएको छ । सन्धिखर्क १ घर भई हाल काठमाण्डौमा बसोबास गरी बिभिन्न संघ सस्थामा आबद्ध रहनु भएका सिए डिआर खनालले विद्यालयमा बितरण गर्न ६० वटा थर्मल गन प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुरकुमार बिक, शिक्षा शाखा प्रमुख उप सचिव युगलनारायण बस्याल, शाखा अधिकृत मञ्जु खनाल , स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली लगायतको उपस्थिति रहेको थियो ।