पुष १६, बुटवल । अस्पतालमा काम गर्न असुरक्षा भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको ईमर्जेन्सी विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनिहरुले बताएका छन् ।
गत पुष १० गते ११ बजे राती उपचारको लागि अस्पतालमा ल्याईएका बिरामीका आफन्तले ड्यूटीमा रहेका चिकित्सकलाई हातपात गरेको उनिहरुले बताए । बिरामीका कुरुवा अनुराग रसाईलीले ड्युटिमा रहेका १ जना चिकित्सक र ३ जना प्यारामेडिकलाई हातपात गर्नुको साथै अपशब्द बोलेको डाक्टर राजेन्द्रबहादुर क्षेत्रीले बताए ।
बिरामीको अवस्था जटिल रहेको कुरुवालाई जानकारी दिदा चिकित्सक र स्वास्थ्यकर्मी माथि हातपात भएको क्षेत्रीले बताए । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हातपात गर्ने कुरुवालाई कारबाहीको माग राख्दै अस्पताल प्रशासन र प्रहरीमा उजुरी दिएपनि कुनै कारबाही प्रक्रिया अघि नबढ्दा आफुहरु आन्दोलित हुन बाध्य भएको बताएका छन् । कुनैपनि चिकित्सक तथा स्वास्थ्यकर्मीले जानेर विरामीको ज्यान जोखिममा पार्ने नभई विरामीलाई निको बनाउने प्रयासमा रहने भएपनि आफुहरुमाथी हातपात हुने गरेका घटना भने नघटेको प्रति उनिहरुले चिन्ता व्यक्त गरेका छन् ।
विरामीका आफन्तहरुको सहयोगले नै विरामीहरुको उपचारमा सघाउ पु¥याउनुपर्नेमा कुरुवाहरु संवेदनशिल नबन्दा आफुहरु असुरक्षित भईरहनु परेकोले अस्पतालमै धर्ना दिन बाध्य भएको स्वास्थ्यकर्मी राजेन्द्र राईले बताए । राईले दोषिमाथी कारवाही नहुंदा सम्म आफुहरुको धर्ना जारी रहने बताए । विहिबार पहिलो दिन ईमर्जेन्सी विभागमा कार्यरत चिकित्सक र कर्मचारी गरि ५० जनाले धर्ना दिएको राईले बताए ।
प्रतिक्रिया राख्नुहोस्