Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
कपिलबस्तुमा बाणगंगा नगर स्तरिय तेस्रो माघी महोत्सव हुने - Janabato
कपिलबस्तुमा बाणगंगा नगर स्तरिय तेस्रो माघी महोत्सव हुने


कमल चौधरी/कपिलबस्तु । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने भएको छ । 
विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउँन सफल  यस थारु समुदायको महान पर्व माघी लाई  निरन्तरता दिनुपर्ने थारु कल्याणकारी बाणगंगा नगर सभापती भग्गु प्रसाद थारुले बताए । 

उनले थारु समुदायको नव पर्व माघीलाई आफुहरुले कोविड–१९ को समयमा पनि स्वस्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु आपनाएर माघ २, ३ र ४ गते तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव शिवरात्री मेला स्थल हथौसामा मनाउन लागेको बताए । 

त्यस्तै नगरस्तरीय माघी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न हथौसामा शनिबार बैठकबसी सभाका अध्यक्ष भग्गु थारुको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । 

त्यस्तै १२ वटा विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसको आर्थिक व्यवस्थापन समितिको संयोजकमा नुमलाल थारु,  माघी संस्कृति व्यवस्थापन समितिका संयोजकमा ऋषिराम थारु, मंञ्ज व्यवस्थापन समितिको संयोजकमा भिखु थारु, अथिति व्यवस्थापन समितिको संयोजकमा राम शंकर थारु, स्वंयसेवक तथा सुरक्षा व्यवस्थापन समितिको संयोजकमा दिनेश थारु, प्रचार–प्रसार व्यवस्थापन समितिको संयोजकमा सन्तराम थारु, संचार तथा मिडिया व्यवस्थापन समितिको संयोजकमा श्याम सि.टी, सचिवालय व्यवस्थापन समितिको संयोजकमा भग्गु प्रसाद थारु, सल्लाहकार व्यवस्थापन समितिको सांयोजकमा महादेव थारु, भान्सा व्यवस्थापन समितिको संयोजकमा श्रीराम थारुलाई जिम्मा दिईएको छ । 

महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्षा रहनेछन् । महोत्सवमा थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ । साथै महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् भने महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने संस्कृतिक समितिका संयोजक ऋषिराम थारुले बताए । 

त्यस्तै यस बर्ष माघी पर्वको अवसरमा माघ २ गते रक्तदान र ३ गते युवा पुस्तमा बढ्दै गएको लागुपदार्थ दुव्र्यवसानी सम्बन्धी सचेतना मुलक नाटक समेत हुने आयोजक संस्थाका अध्यक्ष भग्गु थारुले बताए । साथै माघी महोत्सवलाई सफल बनाउँनको लागि बाणगंगा नगरपालिकाले रु ३ लाख, बाणगंगा वडा ३, वडा ५, वडा ६, वडा ८ र वडा ९ बाट  रु ५०÷५० हजार र बाणगंगा ४ ले ७५ हजार गरी कुल अनुमानीत ६ लाख २५ हजार बराबरको आर्थिक स्थानिय निकायबाट बजेट विनोयोजित हुने अयोेजक समितिका संयोजक भग्गु थारुले बताए ।