Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
डाँगीलाई नेकपाले गर्यो कारवाही - Janabato

डाँगीलाई नेकपाले गर्यो कारवाही

डाँगीलाई थप अनुसन्धान गरि कडा कारबाही गरिने

डाँगीलाई नेकपाले गर्यो कारवाही

माघ ८, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँ कमिटी रोल्पाले जिल्ला कमिटी तथा गाउँ कमिटी सदस्यलाई कारवाही गरेको छ ।

विहिबार इन्चार्ज किरणले एक विज्ञप्ति जारी गर्दै जिल्ला कमिटी तथा गाउँ कमिटी सदस्य टोपबहादुर डाँगी ‘टिम’लाई साधारण सदस्य समेत नरहनेगरि निलम्बन गरेको जानकारी गराएका हुन् ।

नेकपाले पार्टीको निर्देशन बिनै चन्दा असुली हिनामिना गर्ने, स्थानीय प्रहरी प्रशासन संग भिडन्त भएको र आफुलाई खुट्टामा गोली समेत लागेको जस्तो अफबाह फैलाउँदै भ्रम पार्न खोज्ने र साँस्कृतिक अराजक क्रियाकलापमा समेत सरिक भएको भन्दै गाउँ कमिटी सदस्य डाँगीलाई साधारण सदस्यमा समेत नरहनेगरि निलम्बन गरिएको जनाएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीको नाममा थुप्रै आर्थिक हिनामिना गरेकोले डाँगीलाई थप अनुसन्धान गरि कडा कारबाही गरिने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

हेर्नुस विज्ञप्ति-