माघ १० । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ। अष्ट्रेलियामा जारी बिग बाग लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन्। टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो। होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।
होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चे। उनले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए। लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काए। यसअघिका दुई खेलमा उनी लगातार विकेटविहीन बनेका थिए। उनले बिग बासमा हालसम्म छ खेलमा छ विकेट लिएका छन्। लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २३ अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ।
रासस
सम्बन्धित खवर
नव प्रतिभा प्रतिष्ठान केन्द्रको २७ औं संस्करण
टी–१० क्रिकेट : गोर्खा वारियर्स र मास्टर्स–११ विजयी
जेठ २० मा अन्नपूर्ण म्याराथन हुने
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्