माघ २२, बुटवल । प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको प्रभाव बुटवलमा परेको छ । हड्तालले विहानैदेखि प्रभाव पारेपछि मजदुरहरुको जनजीवन प्रभावित भएको छ ।
राजमार्गमा लामो दुरीका गाडीहरु फाट्ट फुट्ट मात्रै चलेका छन् भने सेनाले बख्तरबन्द गाडी सडकमा उतारेको छ । बुटवलको राजमार्ग चौराहाको मूल सडकमा ट्याक्टर तेर्साएर बाटो बन्द गराइएको छ भने कुमारी बैंक अगाडी तल्लो मिलनचोकमा २ वटा ट्रक राखेर बाटो अबरुद्ध गरिएको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ भने चोक चोकमा साइरन बजाउँदै बन्दकर्तालाई तितरबितर बनाइरहेको छ ।
प्रहरी प्रशासनले बुटवलक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।लभउब िदबलमब.वउनप्रहरीले साइरन बजाउदै चोकचोक र गल्ली गल्लीमा बन्दकर्तालाइ तितर बितर बनाउन हिडीरहेको छ ।
बुधबार गृहमन्त्रालले वक्तव्य जारी गरेर यातायात, व्यापार व्यवसाय निर्बाध रुपमा संचालन गर्न निर्देशन दिएको थियो भने शान्ति सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्ने चेतावनी दिएको थियो ।
तर विहानैदेखि प्रचण्ड नेपाल समूहका कार्यकर्ता भने सडकमा निस्किएर आगजनी समेत गरेका छन् । काठमाडौमा एउटा टेक्सीमा आगजनी गरिएको छ भने उक्त समूहका नेता अष्टलक्ष्मी शाक्यलगायत नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
नागरिकले भने वली समूह र प्रचण्ड समूहको सत्तालिप्सा र कुर्सीको लडाइका लागी बन्दको आब्हान गर्नु र जनतालाई दुःख दिनु गलत भएको भन्दै आलोचना गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्