रुपन्देहीमा ओली समूहको मोटरसाइकल र्‍याली

आमसभाको प्रचारप्रसार स्वरूप बुटवलमा मोटरसाइकल

 रुपन्देहीमा ओली समूहको मोटरसाइकल र्‍याली

माघ २९, बुटवल । फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले गर्न लागेको आमसभाको प्रचारप्रसार स्वरूप बुटवलमा मोटरसाइकल र्‍याली निकालेको छ।

आमसभाको पूर्वअघि आफ्नो शक्ति प्रदर्शन स्वरूप युवासंघको नेतृत्वमा र्‍याली निकालेको हो। बुटवलको राजमार्ग चौराहबाट सुरू गरिएको र्‍यालीमा युवाहरू सहभागी थिए। 

र्‍यालीको नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश ईन्चार्ज शंकर पोखरेलले उद्घाटन गरेका थिए। र्‍यालीमा युवासंघका पूर्व केन्द्रीय अध्यक्ष महेश बस्नेत समेत सहभागी रहेका थिए। उक्त र्‍याली मिलनचोक, ट्राफिकचोक, गोलपार्क, अमरपथ हुँदै पुष्पलाल पार्कमा आएर समापन भएको थियो।