अनिल नेपाली । माघ २९, अर्घाखाँची । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिब शुक्रऋषि चौलागाईंले वर्तमान सरकारले लोकतन्त्र र गणतन्त्रमा प्रेस विरोधी कदम चालेकोे बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको १४ औं साधारण सभालाई बिहिबार सम्बोधन गर्दै सचिव शुक्रऋषि चौलागाईंले लोकतान्त्रिक गणतन्त्रकको जगमा निर्माण भएको सरकारबाट पेश भएका सूचना तथा सञ्चार सम्बन्धी विधेयक तथा निति नियमहरु प्रेस स्वतन्त्रताको मर्म भावना विपरित भएको बताउदै सरकारको यस्तो गलत कदमका विरुद्ध सिङ्गो पत्रकार महासंघ नै विरोधमा उत्रिनु परेको सचिव चौलागाईंले बताउनु भएको थियो ।
सरकारले नागरिकहरुको वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रताको मर्म विपरित काम गर्दै आएकाले पत्रकारहरु नागरिकहरुको अधिकार रक्षाको लागि सधै प्रतिपक्षको भूमिकामा रहदै आएको बताउदै सचिव चौलागाईले पत्रकार महासंघको इतिहासमा सबै पत्रकारहरुलाई समान अधिकार प्रदान गर्ने अभियानका साथ आउँदो अधिवेशनदेखी हरेक पत्रकार जिल्लादेखी केन्दसम्म प्रतिष्पर्धा गर्न पाउने, जिल्लाका पत्रकारहरुले प्रत्यक्ष रुपमा आफ्नो प्रतिनिधी चयन गर्न पाउने गरी नेतृत्व चयन हुने सचिव चौलागाईंले बताए ।
कार्यक्रममा पत्रकार महासंघका सस्थापक अध्यक्ष विष्णुप्रसाद भुसालले पत्रकारले जहिले पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउदै खोज पत्रकारिताको लागि सबै लाग्नुपर्ने बताए । कार्यक्रममा पूर्र्व अध्यक्ष निम बहादुर रिजालले जहिले पनि पत्रकारले जनताको आवाजलाई निष्पक्षताका साथ आवाज बुलन्द गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सस्थापक सदस्य विष्णुप्रसाद खनाल ‘मुस्कान’ , छमकुमारी खनाल ‘चिनारी’, गोपाल पौडेल, पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य तथा पूर्र्व अध्यक्ष शोभाखर पन्थी , प्रदेश सदस्य प्रेमनारायण आचार्य ,अशोक खनाल, प्रेस संगठन नेपालका लुम्बिनी प्रदेश सदस्य हृदय कुमार भुसाल, प्रेस संगठनका सहसंयोजक सबिता आचार्य, प्रेस युनियनका जिल्ला सभापति विरेन्द्र के.सी, प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्री, जनपत्रकार संगठनका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य अनिल नेपाली, प्रेस सोसाइटी नेपालका केन्द्रिय सदस्य दिनेश सुनार लगायतका वक्ताले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभा सांगठनिक प्रतिवेदन महासंघका सचिव सुर्य प्रसाद भुसाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष विनोद गैरेले प्रस्तुत गरेको प्रतिवेदन सर्बसहमति पारित भएको छ । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जि.सी ‘लेकाली’ को अध्यक्षता सचिव सुर्य प्रसाद भुसालको सञ्चालन, उपाध्यक्ष गणेश खनालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा पत्रकारको हक हितको लागि विभिन्न निति तथा एजेण्डा पारित गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्