फागुन २, बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) को महासचिव मोहन वैद्यले प्रचण्ड – ओली समुह नक्कली कम्युनिस्ट भएको र परास्ट नगरेसम्म जनगणतन्त्र आउन नसक्ने बताएका छन ।
वैद्यले हिजो पत्रकार ऋषि धमला संगको एक अन्तरवार्तामा यस्तो बताएका छन । वैद्यले उक्त अन्तरवार्तामा प्रतिबन्धित ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संग संयुक्त मोर्चा भैसकेको र अन्तत : पार्टी एकता गर्ने खुलासा समेत गरेका थिए । सरकारले उक्त पार्टीमाथि प्रतिबन्ध लगाउनुको कुनै औचित्य नभएको र प्रतिबन्ध तत्काल हटाउन आग्रह गरेका थिए । जेल र हिरासतमा रहेका नेता कार्यकर्ताहरूलाई रिहा गरी उनीहरूको मुद्धा राजनीतिक मुद्धा भएको कारण राजनीतिक तरिकाले नै उक्त समस्या पनि समाधान गरी, सबै मुद्धा खारेज गर्नुपर्ने बताएका थिए ।
नयाँ जनवादी गणतन्त्र हुँदै अन्तत : वैज्ञानिक समाजवादी व्यवस्था गरेरै छोड्ने संकल्पका साथ चार पार्टीले संयुक्त रणनीतिक मोर्चा गरेको र पार्टी एकता गर्ने बताएका थिए ।
सम्बन्धित खवर
सर्वोच्चले संसदवारे निर्णय सुनाउँदै, सुरक्षा सजगता
अखिल (क्रान्तिकारी) द्वारा नवलपुरमा विरोध कार्यक्रम
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्