प्रचण्ड–माधव समुहले गरे जसपासँग सत्ता साझेदारी प्रस्ताव

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा छलफल

प्रचण्ड–माधव समुहले गरे जसपासँग सत्ता साझेदारी प्रस्ताव

फागुन १३, बुटवल । नेकपा दाहाल-नेपाल पक्षले संयुक्त सरकार गठको विषयमा जनता समाजवादी पार्टीसँग छलफल गरेको छ । बिहीबार नेकपाको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका नेताहरुसँग छलफल गरेका हुन् ।

छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ सहभागी थिए । छलफलमा सहभागी नेता श्रेष्ठले दाहाल–नेपालले सरकार गठनमा सहकार्यको प्रस्ताव गरेको बताए ।

छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ सहभागी थिए । छलफलमा सहभागी नेता श्रेष्ठले दाहाल–नेपालले सरकार गठनमा सहकार्यको प्रस्ताव गरेको बताए ।

तर, दाहाल–नेपालले राखेको प्रस्तावमा जसपा नेताहरुले केही सर्त अगाडि सारेका छन् । ‘अब पार्टीमा छलफल गर्छौ । यसमा अरु कुराहरु पनि छन् । विगतमा सँगै आन्दोलन गर्दाकै केही समस्या छन् । संविधान संशोधनका मुद्दा छन् । रेशम चौधरीको रिहाई बाँकी छ । सहकार्य गर्ने हो भने एकआपसमा समस्या नआउने गरी सहकार्यका संस्कृतिहरु हुन्छन,’ नेता श्रेष्ठले भने, ‘अर्कोतर्फ नेकपा कानुनी रुपमा विभाजन भएको छैन । यी सबै कुराहरु पहिला क्लियर हुनुपर्छ भन्ने कुरा गर्‍यौं ।’

जसपा नेताहरुको कुरा सुनेपछि अध्यक्ष दाहालले ती विषयमा समीक्षा गर्दै नयाँ ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु मिलेर जाने वातावरण बनाउन आग्रह गरेको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले छलफलमा पार्टीका तर्फबाट भएको कुरा उद्धृत गर्दै भने ‘तपाईंहरुले उठाउनु भएका सबै कुरा ठीक छन् । पहिला ३० दलीय गठबन्धन हुँदा आन्दोलनमा भएका समस्या, संविधान संशोधनका एजेण्डाहरु, पार्टी विभाजनको कुरा, संवैधानिक त्रुटिलाई सच्चाउने, जेलमा रहेका साथीहरुको कुरा यी सबै कुराहरुको समीक्षा गर्दै नयाँ ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु मिलेर जाने वातावरण बनाउनुस् भन्नु भयो । हामीले केन्द्रीय समिति बैठक बसेर यसबारे फाइनल निर्णय गछौं भन्यौं ।’

दाहाल–नेपालले बुधारमात्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्य प्रस्ताव गरेका थिए ।