धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रिहा

नेकपाका १४४ जना नेता तथा कार्यकर्ताहरू जेल र हिरासतमा

धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रिहा

फागुन २१, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ शुक्रबार रिहा भएका छन ।

११ दिनदेखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला शुक्रबार बिहान रिहा भएका हुन ।

न्ेता बास्तोलाले राजनीतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरू वार्ताप्रति सकारात्मक भएको बताएका थिए । उनले कम्युनिस्ट पार्टीबीच एकताको सम्भावना पनि चएको बताए ।

सरकारसंग भएको सहमतिपछि नेकपामाथिको प्रतिबन्ध फुकुवा भएको थियो । विभिन्न कारागार र हिरासतमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरूलाई रिह ागर्ने र मुद्धा खारेज गर्ने सहमति भएको थियो । नेकपाका १४४ जना नेता तथा कार्यकर्ताहरू अहिले जेल र हिरासतमा रहेका छन ।