Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अखिल (क्रान्तिकारी) का नेता रबिन केसी २६ महिनापछि रिहा - Janabato
अखिल (क्रान्तिकारी) का नेता रबिन केसी २६ महिनापछि रिहा

बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पसका अध्यक्ष रबिन केसी २६ महिनापछि रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा केसी सोमबार रिहा भएका हुन् । केसीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, खिमानन्द अधिकारी र कान्तीराम ढुंगानाले बहस गरेका थिए ।

जेठ १२ गते गिरफ्तार भई हिरासतमा रहेका केसीलाई काठमाडौँमा रहेको भद्र बन्दीघर र पछि केन्द्रीय कारागार सुन्धारामा राखिएको थियो । २०७६ जेठ १२ गते घट्टेकुलोमा भएको बम विष्फोटमा घाइते भएका विद्यार्थी नेता केसीलाई बिस्फोटक मुद्धामा जेल चलान गरिएको थियो ।

उनको छाती र खुट्टामा चोट लागेको थियो । घाइते अवस्थामै प्रहरी निगरानीमा केही दिन काठमाडौँस्थित ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो । सोही बिष्फोटमा परी विद्यार्थी नेता प्रज्जवल शाहीको निधन भएको थियो ।