मंगलबार कोरोनाबाट १ जनाको मृत्यु

फागुन २५, बुटवल । कोरोना संक्रमणबाट मंगलबार थप १ जनाको मृत्यु भएको छ । यो संगै कारोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा नयाँ संक्रमित ५९ जना थपिएका छन । आज ६० जना कारोना संक्रमणबाट निको भई घर फर्केका छन । 

हल ८ सय ७० जना संक्रमितको उपचार भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म २१ लख ९९ हजार ९ सय ५० जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या ५६ रहेको छ ।