अखिल (क्रान्तिकारी) कञ्चनपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न

ललित एसकेको संयोजकत्वमा १९ सदस्यीय आयोजक कमिटी गठन

अखिल (क्रान्तिकारी) कञ्चनपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न

चैत ९, कञ्चनपुर ।  अखिल (क्रान्तिकारी) जिल्ला समिति कञ्चनपुरको १६ औं सम्मेलन पश्चातको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । 

जेठमा हुने राष्ट्रिय सम्मेलनको तयारीलाई विशेष जोड दिने गरी जिल्लामा संगठन विस्तार, शुद्धीकरण गर्ने र सम्पूर्ण व्यवस्थापनका पाटालाई समाल्ने गरी कमरेड ललित एसकेको संयोजकत्वमा १९ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । 

बैठकमा प्रमुख अतिथि पार्टी जिल्ला इन्चार्ज आकाशले देशकै समग्र परिस्थिति हामीले भनेको ठाउँमा पुगेको र हामीले आकलन गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा सफल हुने र अबको एक मात्र विकल्प भनेकै वैज्ञानिक समाजवाद भएको बताएका थिए ।

त्यस्तै सेती महाकाली ब्युरो इन्चार्ज वीरेन्द्र शाहले राष्ट्रिय सम्मेलनलाई एकदम भव्य सभ्य र सुसंस्कृत बनाउन सबै कमरेडहरुले आफ्नो आफ्नो तहबाट दृढताका साथ लाग्न अपिल र निर्देशन गरेका थिए ।

अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष ललित एसकेको अध्यक्षतामा बसेको उक्त बैठकमा पार्टीका जिल्ला इन्चार्ज आकाश र अखिल क्रान्तिकारी सेती महाकाली ब्युरो इन्चार्ज वीरेन्द्र शाह , केन्द्रिय सदस्य बबर्जंग सिंह लगायत जिल्लाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।