चैत ९, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओली बीच सोमबार वालुवातारमा भेटवार्ता भएको छ ।
भेटमा महासचिव ‘विप्लव’ ले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउन क. ‘दिपक’ले बताएका छन ।
नेकपा र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेकपाका नेता र कार्यकर्ता रिहाई गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।
सोमबारको भेटमा महासचिवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिएका क. दिपकले जानकारी दिएका छन ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्