युवा संगठन नेपाल, झापाद्धारा अभियान टोली निर्माण  

अभियान टोलीले झापाभरि अभियान सञ्चालन गर्ने

युवा संगठन नेपाल, झापाद्धारा अभियान टोली निर्माण  

बुटवल : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, झापाले आइतवार अभियान टोली निर्माण गरेको छ । 

जिल्ला सम्मेलन आयोजक कमिटिले क. विज्ञानको संयोजकत्वमा १० सदस्यीय  अभियान टोली निर्माण गरेको हो । उक्त अभियान टोलीले झापाभरि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । 

संगठन विस्तारको क्रममा जिल्ला स्तरीय नेताहरूको उपस्थिती रहेको बताइएको छ ।

युवा संगठन नेपालले देशव्यापी रुपमा संगठन निर्माण गरिरहेको छ ।