जनपत्रकार संगठन नेपाल कञ्चनपुरको संयोजकमा गणेश सार्की 

गणेश सार्कीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

जनपत्रकार संगठन नेपाल कञ्चनपुरको संयोजकमा गणेश सार्की 

महेन्द्रनगर : जनपत्रकार संगठन नेपाल कञ्चनपुरको बैठक सम्पन्न भएको छ । मंगलवार कञ्चनपुरको महेन्द्रनगरमा बसेको बैठकले गणेश सार्कीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । 

बैठकमा नेकपा कञ्चनपुर इन्चार्ज रमेश नेपालीले ‘जीवन’ले क्रान्तिकारी मिसन पत्रकारिता गर्नुपर्ने र पत्रकार भनेको एउटा सचेत शक्ति वा मोर्चा भएकोले समाजमा भएका विभिन्न लुकेर रहेका समस्यालाई उजागरण गर्नु पर्ने र पार्टीको नीतिनियम पनि स्थापित गरी अगाडी बढाउनुपर्ने बताए । 
जनपत्रकार संगठन नेपालका सेम ब्युरो संयोजक प्रकाश थापाले पत्रकार भनेको एउटा चेतनशिल वर्ग भएको हुँदा समाजमा रहेका विकृति र विसंगतिको विरुद्धमा बोल्नु पर्ने र अन्य व्यवसायीवादी पत्रकार भन्दा भिन्न पत्रकार संगठन भएको हुँदा केवल कमाउ धन्दामा नलागि विचारनिष्ट भएर संचार क्षेत्रलाई मिसनसहित अगाडि बढाउनुपर्ने बताए ।  

बैठकमा प्रमुख अतिथी नेकपा जिल्ला इन्चार्ज आकाश, विशिष्ट अतिथी जनपत्रकार संगठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापा, अतिथिहरुमा अखिल (क्रान्तिकारी) सेम ब्युरो संयोजक विरेन्द्र शाह, युवा संगठन नेपालका सेम ब्युरो कार्यालय सचिव मनमोहन जोशी, युवा संगठनका अध्यक्ष वीरेन्द्र जोशी , अखिल क्रान्तिकारी का अध्यक्ष ललित एसके लगायत अन्य सदस्यहरूको गरिमामय उपस्थिति रहेको थियो ।

बैठकको अध्यक्षता र संचालन गणेश सार्कीले गरेका थिए ।