Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
क्रान्तिमा धोका भए फाँसी चढ्न तयार छौं : ‘विषम’ - Janabato

क्रान्तिमा धोका भए फाँसी चढ्न तयार छौं : ‘विषम’

एकीकृत जनक्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवादको सुनौलो बिहानी ल्याएरै छोड्ने उद्घोष

क्रान्तिमा धोका भए फाँसी चढ्न तयार छौं : ‘विषम’

घोराही : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय समितिका सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ले अहिले आफुहरुले नेतृत्व गरेको क्रान्तिमा धोका भए फाँसी चढ्न तयार रहेको बताएका छन् ।

जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपाल, केन्द्रिय समिति दाङको आयोजनामा घोराहीमा सम्पन्न संयुक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेता विषमले प्रचण्ड बाबुरामले क्रान्तिलाई बेचेर खाएको भन्दै आफुहरु इमानदारीताका साथ क्रान्तिमा अघि बढेको बताए । नेपाली क्रान्तिको नयाँ मोडेल प्रक्षेपण गरेको बताउँदै उहाँले नेपाली जनताले शासन सत्ता फेरिएको महसुस गर्न नपाएको उद्घोष गरेका थिए । उनले सहिद बेपत्ता परिवारको समस्या राज्यसत्ताबाटै हल हुने प्रयास गर्ने यदि समस्याको हल नभए राज्यसत्ता परिवर्तन गर्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए  । उनले भने, ‘अहिलेको वार्ता आत्मसमर्पण वा केपीसँग मिल्न गएको होइन, हामी थाकेका पनि छैनौँ र गलेका पनि छैनौ ।’

‘विषम’ले अहिले सत्तामा देखिएको संकट केपी–प्रचण्डको असफलता नभएर विश्वमा असफलसिद्ध संसदीय व्यवस्थाको असफलता भएको जिकिरगरे । उनले यही सत्तामा अनेकौ अवसरहरु आएको तर आफुहरु पद, प्रतिस्ठा र पैसाका लागि बिक्री नभएको अब एकपटक इमानदारीताका साथ एकीकृत जनक्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवादको सुनौलो बिहानी ल्याएरै छोड्ने उद्घोष समेत गरेका थिए ।