बुटवल : एकीकृत जनक्रान्तीका लागि व्यापक संगठनलाई सुदृढ तथा बिस्तार गरौं ! वैज्ञानिक समाजवादको पक्षमा जनमत सृजना गर्दै प्रथम जिल्ला सम्मेलन भव्यरुपले सफल पारौं !! भन्ने नारासहित युवा संगठन नेपाल सर्लाही–महोत्तरी जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निवर्तमान उपाध्यक्ष कमरेड दिनेशको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा सर्लाही–महोत्तरी जिल्ला इन्चार्ज कमल, जिल्ला पार्टी सचिव जनक, युवा संगठन नेपाल, चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा जनकपुर ब्यूरो इन्चार्ज विचारमान थिङ, अखिल (क्रान्तिकारी) जनकपुर ब्युरो समन्वय समिती संयोजक झलक, अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य तथा जनकपुर ब्यूरो संयोजक बिहानी, अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष किसुनदेब शर्मा, मधेशी मुक्ति मोर्चा नेपाल जिल्ला संयोजकराजेन्द्र राम लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।
शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी दिनेशले दलाल संसदिय व्यवस्था असफल भएका कारण अपरिहार्य बैज्ञानिक समाजवादका लागि युवाहरु एकीकृत जनक्रान्तिमा लाग्नुपर्ने बताउनुभयो । उहाँले राज्यले पार्टी संग गरेको तीन बुदे सहमती अक्षरस पालाना गर्नुपर्ने बताउनु भयो । उहाँले देशी विदेशी षड्यन्त्रका विरुद्ध युवा संगठन नेपाल सदैब झुजारु आन्दोलन गर्दै आएको हुनाले राज्यले षडयन्त्र नगरी बन्दीहरूलाई यथाशिघ्र रिहाई गर्न माग गर्नुभयो ।
सम्मेलनले तिलकको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष सुमन शाह, सचीव कमरेड भरत पुलामी मगर, सहसचिव टोपराज कोषाध्यक्ष नगिना देबि महरा निर्वाचित हुनु भएको छ । कार्यक्रमको संचालक र अध्यक्षता कमरेड तिलकले गर्नु भएको थियो ।
लालबन्दी चोकबाट पूर्वी राधाकृष्ण भवन सम्म ठूलो संख्यामा र्याली सहित राधाकृष्ण सामुदायिक भवनमा बन्द सत्र सुरु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्