Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
ट्रेड युनियन महासंघ कपिलवस्तुको सम्मेलन सम्पन्न - Janabato

ट्रेड युनियन महासंघ कपिलवस्तुको सम्मेलन सम्पन्न

दिनेश थारूको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति निर्वाचित

ट्रेड युनियन महासंघ कपिलवस्तुको सम्मेलन सम्पन्न

कपिलवस्तु । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कपिलवस्तुको सातौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दिनेश थारूको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा सन्जय थारू, सचिवमा आशाराम थारू, सहसचिवमा श्याम सुन्दर थारू र कोषाध्यक्षमा सीता परियारलाई निर्वाचित गरेको छ । 

सम्मेलनलाई सम्बोधन गर्दै नेकपा लुम्बिनी ब्यूरो सदस्य तथा नवलपुर इन्चार्ज ध्रुवले दलाल पुंजीवादी सत्ताले मजदुर वर्गमाथी शोषण जारी राखेको भन्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै मजदुर वर्गको मुक्ति हुने बताए । 

सम्मेलनमा नेकपा कपिलवस्तु सेक्रेटरी शेरमान र नेकपा रूपन्देही सेक्रेटरी विदुरले मजदुर वर्गको मुक्तिका लागि एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताए । 

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य श्याम सेन्चुरी र युवा संगठन नेपाल लुम्बिनी ब्यूरो इन्चार्ज विश्लेषणले मजदुर वर्गको अवस्था र मुक्तिको विषयमा बोलेका थिए । 

दिनेश थारूको अध्यक्षता, आशाराम थारूको स्वागत र सन्देशको सन्चालनमा सम्मेलन सम्पन्न भएको थियो ।