एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलको सिजनको अन्तिम खेलहरु निकै रोचक रहे । लिग विजेता बनिसकेको म्यानचेस्टर सिटी र दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाइसकेका थिए । तर, तेस्रो र चौंथो स्थानका लागि तीन टोली प्रतिष्पर्धामा थिए ।
लिभरपुलले क्रिस्टल प्यालेसमाथि २० को जीत निकालेर च्याम्पियन्स लिगमा स्थान पक्का गर्न सक्यो । उसलाई जीत्नैपर्ने दबाब थियो ।
जित्नैपर्ने दबाबमा रहेका चेल्सी र लिसेस्टर सिटी दुवै पराजित भए । सिजनको अन्तिम खेलमा लिसेस्टरले सुरुमा टोटनहामसँग घरेलु मैदानमा अग्रता बनाएको थियो । तर, बेलले अन्तिमतिर दुई गोल गरेर लिसेस्टरलाई ४२ ले स्तब्ध पारे । टोटनहाम पनि युरोपियन लिगमा स्थान बनाउन जीत्नैपर्ने दबाबमा थियो ।
Tags :
सम्बन्धित खवर
गुल्मीको रिडीमा ठूलो लुम्पेक टिम भलिबलमा प्रथम
५ वर्ष अगाडि
अस्ट्रेलियासँग नेपाल ३-० ले पराजित
४ वर्ष अगाडि
रुपन्देही सुपर लिगको उपाधि वेष्टर्नलाई
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्