Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
बर्दिबासमा कर्फ्यू अवज्ञा, मेयरको पुत्ला जलाइयो - Janabato

बर्दिबासमा कर्फ्यू अवज्ञा, मेयरको पुत्ला जलाइयो

बर्दिबासमा स्थानीय प्रशासनको निषेधाज्ञालाई अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ।

बर्दिबासमा कर्फ्यू अवज्ञा, मेयरको पुत्ला जलाइयो

मंसिर १०, महोत्तरी । बर्दिबासमा स्थानीय प्रशासनको निषेधाज्ञालाई अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। तर बालिका गुलाब साह खातुनको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपाने विरुद्ध स्थानीयले प्रदर्शन जारी राखेका छन्।

प्रदर्शनकारीले मृतक सञ्जय न्यौपानेलाई सहिद घोषाणा, मृतक परिवारलाई क्षतिपुर्ति, गोली चलाउने आदेश दिने अधिकारीलाई निलम्बन लगायतको माग राखेका छन्। उनीहरुले दिउँसो बर्दिबास बजारमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीको पुत्ला समेत जलाएका छन्।

प्रदर्शनकारीहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने बजार व्यवसाय पूर्ण रुपमा ठप्प रहेको छ। यातायात ठप्प हुँदा यात्रीहरु समस्यामा परेका छन्।