सिन्धुपाल्चोकमा नेकपाको जनसङ्गठन तथा जनसेवा अभियान तिब्र

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जनसङ्गठन तथा जनसेवा अभियानलाई जिल्लामा तिब्रता दिएको छ ।

अभियान अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा व्यापक रुपमा भित्तेलेखन, सहिद परिवार भेटघाट, राजनैतिक भेटघाट, जनसङ्गठन निर्माण, उत्पादन कार्यमा सहभागी भईरहेको बताइएको छ । साथै दलाल सत्ताबाट भईरहेको विकास निर्माणमा ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार, अपारदर्शिताप्रति खबरदारी, सचेत र निगरानी गर्दै जनताको साथमा निरन्तर लागिरहेको नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकका जिल्ला सेक्रेटरी युगीनले बताए ।

दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था नै अहिलेको अपरिहार्य आवश्यकता हो भन्दै जिल्लाभरी बहस, छलफलसहित जनसङ्गठन तथा जनसेवा अभियान पुर्याउने उक्त पार्टीले बताएको छ । अभियानमा नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकका इन्चार्ज प्रविन, जिल्ला सेक्रेटरी युगीन, पार्टीका विशेष कमिटी सदस्य किरण, जिल्ला सदस्यहरु सुमन, मुकुन्द, लगायत रहेका छन् ।