तिलोत्तमामा माइक्रो बसले मोटरसाइकललाई ठक्कर

घाइतेको पहिचान खुलेको छैन । 

तिलोत्तमामा माइक्रो बसले मोटरसाइकललाई ठक्कर

माघ १७, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको छ । लु १ ख ३०५५ नं को माइक्रोबसले लु २० प ९३१० नं को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक गम्भीर घाइते भएको प्रत्यक्षदर्शीको भनाइ छ । 

घाइतलेलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको छ । शंकरनगरस्थित बनबाटिका आइरहेको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइतेको पहिचान खुलेको छैन ।