Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
कपिलवस्तुमा नेकपाद्धारा शुभकामना आदानप्रदान - Janabato

कपिलवस्तुमा नेकपाद्धारा शुभकामना आदानप्रदान

कार्यक्रममा जिल्ला स्तरिय नेताहरुले सम्बोधन

कपिलवस्तुमा नेकपाद्धारा शुभकामना आदानप्रदान

फागुन १, बुटवल । नेकपाले कपिलवस्तुमा २६ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको ३ स्थानमा भएको कार्यक्रममा जिल्ला स्तरिय नेताहरुले सम्बोधन गरेका थिए । 

कपिलवस्तुको शिवराज नगरपालिकाको भगवानपुर, बाणगंगा नगरापालिकाको पतना र मायादेवी गाउँपालिकाको प्रगतिनगरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको नेकपा स्रोतले बताएको छ । 

एक सभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी शेरमानले जनयुद्धको सपना पुरा नभएको भन्दै त्यसको लागी क्रान्ति जारी रहेको बताउँदै त्यसका संसदीय व्यवस्था विरोधी सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र सच्चा लोकतन्त्रवादीहरु एकजुट हुनुपर्ने बताए ।