कपिलवस्तु । नेकपाका महासचिव विप्लव यतिबेला आफ्नै निवास शिवगढी, कपिलवस्तुमा धान रोपाइँमा व्यस्त छन् ।
नेकपाको अनिवार्य उत्पादनमा जोडिने नीति अन्तर्गत नेकपा केन्द्रीय समिति, केन्द्रीय कार्यालयले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–९, शिवगढीमा करिब दुई बिघा क्षेत्रफलको जग्गामा धान रोपाइँ सुरु गरेको छ । धान रोपाइँमा नेकपाका महासचिव विप्लव, नेकपा केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीलगायत पार्टीका केन्द्रीय समितिहरु तथा स्थानीय जनताको प्रत्यक्ष सहभागिता रहेको नेकपाको स्रोतले बताएको छ ।
पार्टीले पछिल्लो समय उत्पादन कार्यलाई देशव्यापी रुपमा तिब्र बनाइरहेको छ । नेकपाले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई एकल, सामूहिक वा संस्थागत रुपमा देशव्यापी रुपमा श्रम र उत्पादनमा जोडिन समेत आग्रह गरेको छ ।
Tags :
सम्बन्धित खवर
युवा संगठन नेपाल अछामद्धारा भित्तेलेखन
५ वर्ष अगाडि
अखिल (क्रान्तिकारी) नवलपुरद्वारा विरोध प्रदर्शन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्