लोकतन्त्रमाथि गम्भीर बज्रपात : नेपाल पत्रकार महासंघ

सिफारिस कार्यान्वयन नगर्न सम्माननीय राष्ट्रपतिसँग आग्रह

लोकतन्त्रमाथि गम्भीर बज्रपात : नेपाल पत्रकार महासंघ


पुष ५, बुटवल । नेपाल पत्रकार महासंघले सरकारले संसद विघटन गर्ने निर्णयलाई लोकतान्त्रिक प्रणालीमाथिको गम्भीर बज्रपात भनेको छ । 

महासचिव रमेश विष्टले विज्ञप्ती  निकालेर यस्तो प्रतिक्रिया दिएका हुन । 

महासंघको विज्ञप्तीको पूर्णपाठ यस्तो छ–

मिति - २०७७।०९।०५ प्रेस विज्ञप्ति

सरकारद्वारा मंसिर ३० गते जारी संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशको सर्वत्र विरोध र दबाब भैरहेको अवस्थामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान २०७२ र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि गम्भीर बज्रपात हुन पुगेको छ ।

प्रधानमन्त्री ओलीको यो कदम २०६२( ०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको संवैधानिक व्यवस्थाविरुद्ध भएको नेपाल पत्रकार महासंघको ठहर छ ।

महासंघ प्रधानमन्त्रीको उक्त संविधानविपरीतको सिफारिस कार्यान्वयन नगर्न सम्माननीय राष्ट्रपतिसँग आग्रह गर्दछ । साथै, सम्पूर्ण लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरूमा यसको विरोध गर्न महासंघ आग्रह गर्दछ ।

रमेश विष्ट महासचिव